एजेन्सी। नेपालीमा एउटा उखान छ, बाँदरको हातमा नरिवल। अहिले स्मार्टफोनको हकमा ठ्याक्कै यो उखान मिल्छ। हत्केलाभरको यो प्रविधि खासमा हाम्रो दैनिक जीवनका लागि एक अभिन्न सहयोगी बनेको छ।
कसैसँग सम्पर्क गर्नु परेमा, कुराकानी गर्नुपरेमा, सन्देश आदनप्रदान गर्नुपरेमा यो उपकरण उपयोगी हुन्छ। अहिले भने यसलाई बहुउपयोगी बनाइएको छ। तस्विर खिच्नेदेखि संगीत सुन्नेसम्म, महत्वपूर्ण सूचना वा जानकारी संग्रहित गर्नेदेखि स्वास्थ्य परीक्षण गर्नेसम्म।
गेम खेलेर घण्टौ विताइदिन्छौं। फेसबुक चलाएर रात विताइदिन्छौं। अहिले स्मार्टफोन हाम्रो लागि कुलत बनेको छ। अहिले एक प्रश्न पनि उठिरहेको छ, के हामी स्मार्टफोनको दुरुपयोग गरिरहेका छौं कि सदुपयोग? जेहोस्, हामी हाम्रो धेरै समय स्मार्टफोनमा नै खर्चिरहेका हुन्छौ भन्दा सायद फरक नर्पला।
हुन त कतिपयले यसको भरपुर उपयोग गरेका छन्। तर, धेरैजसोले यसको व्यापक दुरुपयोग गरेका छन्। स्मार्टफोनको दुरुपयोगले हाम्रो समय नष्ट हुने भयो। सामाजिक, पारिवारिक जीवन कमजोर हुने भयो। तर, यसको हानी यतिमै रोकिदैन। स्मार्टफोनको प्रयोगले शरीरमा गंभिर क्षति पुर्याइरहेको हुन्छ। हालै अमेरिकामा भएको एक अध्ययनको निष्कर्षमा भनिएको छ, ‘मान्छेले तीन दिनका लागि यौन सम्बन्ध त्याग्न सक्छन्। तर, एक दिनका लागि स्मार्टफोन त्याग्न तयार हुँदैनन्।’
तपाईं पनि स्मार्टफोन कत्तिको चलाउनुहुन्छ? यदि चलाउँदै आउनु भएको हो भने यसले तपाईको दैनिक कामहरुमा असर पर्ने देखाएको छ। हालै अस्ट्रेलियामा गरेको अर्को अध्ययनले मोबाइल फोन चलाउँदा थकान अनुभव हुने र दैनिक कामकाजमा ह्रास आउने निष्कर्ष निकालेको हो।
अस्ट्रेलियमा रहेको क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीले ७०९ जना मोबाइल प्रयोगकर्तामा यसको असरबारे प्रश्न सोधिएको थियो। १३ वर्षअघि पनि युनिभर्सिटीले सोही प्रकृतिको अध्ययन गरेको थियो।
स्मार्टफोन चलाउनेहरु कम सुत्ने, काममा क्षमता कम प्रदर्शन गर्ने, सवारी साधन चलाउँदा कम ध्यान दिने र विभिन्न किसिमका पीडाहरु आइपर्ने निष्कर्ष अध्ययनको रहेको छ। अनुसन्धानमा नेतृत्व सम्हालेका डा ओस्कर ओभिइडोले २४ प्रतिशत महिला र १५ प्रतिशत पुरुषमा स्मार्ट फोन चलाउने खराब लत बसेकोसमेत अनुसन्धानबाट पत्ता लागेको बताएका छन्।
‘रातको समयमा फोन चलाएपनि यसले दिनको काममा प्रत्यक्ष असर पार्ने देखियो। सुताई कम भएकै कारण यस्तो भएको यो अध्ययनको ठहर छ,’ डा ओभिइडोले भने। मोबाइल फोन प्रयोगकर्तामा विभिन्न किसिमका समस्या आउने गरेको र सवारी साधन चलाउँदासमेत स्मार्टफोन चलाउने गरेको उल्लेख गर्दै अध्ययनले यस्तो विषयमा गम्भीर ध्यान दिनसमेत सुझाव दिएको छ।
कसरी पाउने छुट्करा ?
स्मार्टफोनमा बढी समय विताउनुको सट्टा विभिन्न खेल खेल्ने, हिड्ने, पत्रिका पढ्ने र मानिसँग कुरा गरेमा बढी खुशी हुन सकिन्छ।
स्मार्टफोनमा घन्टौँ विताउनुहुन्छ भने तपाई स्मार्टफोनको लतमा फँसीसक्नुभएको छ। यस्तो बानीबाट छुट्करा पाउनको लागि स्मार्टफोनलाई आफुभन्दा टाढा राख्न सक्नुहुन्छ। मोवाइल चेक गर्ने टाइमिङ बनाउँदा अझ राम्रो हुन्छ। तपाईलाई यो आवश्यक छैन की खाना खाने, कसैसँग कुरा गर्ने समय पनि मोवाइल गर्नै पर्छ ।
तपाइको मोवाइलमा कस्ता-कस्ता एप्स छन् र त्यस्तो एप्स कति पलदायी छ भन्ने कुरामा विषेश ध्यान दिनुस्। यदि मोवाइलमा अनावश्यक एप्स छ भने त्यसलाई हटाइहाल्नुपर्छ। धेरै मानिसले सुत्नुभन्दा पहिला मोवाइलको स्वीच्ड अफ गर्दैनन्। यदि यस्तो लतबाट मुक्त हुनुको लागि स्वीच्ड अफ गरेर सुत्ने बानी गर्दा राम्रो हुन्छ।
कतिपय त्यस्ता एप्स छन् जसले स्मार्टफोनको कम प्रयोग गर्न सहयोग गर्छन्। त्यस्ता एप्सको साहारा पनि लिन सक्नुहुन्छ।



लाेकपाटी न्यूज

