काठमाडाैं। विगत केही समयदेखि यता देशका विभिन्न ठाउँमा डेंगुकाे संक्रमण फैलिरहेकाे छ। बेलैमा विचार नपुर्याउँदा र समयमै उपचार नपाउँदा कतिले त अकालमा नै ज्यान समेत गुमाएकाे छन्।
व्यक्ति तथा समुदायमा सचेतनाकाे अभावले गर्दा पनि डेंगु झन् फैलँदै गएकाे र यसले महामारीकै रुप लिन सक्ने देखिएकाे छ। त्यसैले यसलाई न्यूनिकरण गर्नकाे लागि समुदायमा चेतना फैलाउन जरुरी देखिएकाे छ। हामीले यहाँ डेंगुबाट सचेत रहनकाे लागि के गर्ने र यसकाे लक्षण के कस्ता हुन्छन् भन्ने सन्दर्भमा जानकारी दिने प्रयास गरेका छाैं।
यस्ता हुन्छन् डेंगुका लक्षण ?
कमजोरी महसुस हुने । अचानक ज्वरो आउनुका साथै घाँटी दुख्ने । खान मन नलाग्ने । भोक नलाग्ने । वाकवाकी लाग्ने । मांसपेशी र जोर्नीमा दुखाइ हुने । शरीरमा रातो बिबिरा देखिनु रहेका छन् ।
यसबाट कसरी बच्ने ?
पानीका भाँडाकुँडा, ट्यांकी छोपेर राख्ने । घर वरपर सफा राख्ने । शरीर छोप्ने कपडा लगाउने । घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्ने । झुलभित्र सुत्ने । लामखुट्टेका लार्भा नष्ट गर्ने । लामखुट्टे आउन नदिन किटनाशक औषधि छर्किने । गाडी ग्यारेज क्षेत्रमा र कवाडी सामान संकलन कमेन्द्रमा बिशेष निगरानी र सुरक्षा अपनाउने ।


लाेकपाटी न्यूज

