दाङ, १३ भदौ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा देखिएको समस्याप्रति प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
जनताको स्वास्थ्य तथा शिक्षाको सवालमा आशाको केन्द्र रहेको प्रतिष्ठानमा नेतृप्वको गलत रवैयाका कारण प्रतिष्ठान दिनप्रतिदिन धरासयी बन्दै गएको प्रेस संगठन नेपाल जिल्ला कार्यसमित दाङले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा भइरहेको चरम लापरवाहीलाई सचेत नागरिक भएको कारणले पत्रकार जगतले टुलुटुलु हेरेर बस्न नैतिकताले दिँदैन, हामी पत्रकार कोरा समाचार लेख्ने व्यक्ति मात्र नभएर मुलुक परिवर्तनको सम्वाहक पनि हो। त्यसैले हामी सधैं परिवर्तन र अग्रगामीको यात्रामा सामेल हुनैपर्छ’।
यसै सन्दर्भमा प्रेस संगठन दाङको कार्यदलको बैठकले तीन निर्णय गरेको छ। जसलाई विज्ञप्तिमा हेर्न सकिनेछ।
प्रेस विज्ञप्ति :




लाेकपाटी न्यूज
