काठमाडौं। विलियम शेक्सपियर विश्वविख्यात साहित्यकार मानिन्छन्। प्रेमिल जोडीहरुले उनलाई आदर्श पुरुष नै ठान्दछन्। उनका साहित्यिक कृतिहरु आज पनि विश्वव्यापी रुपमा उत्तिकै लोकप्रिय छन्।
सफल व्यक्तिका भनाइहरु पनि त्यस्ता आदर्श वाणि हुन्, जसले मानिसलाई असल कर्मका लागि उत्प्रेरित गर्दछ। हामीले यहाँ शेक्सपियरका केही भनाइ उल्लेख गरेका छौं। पढ्नुस् शेक्सपियरका १२ भनाइहरु।
१. सबैलाई प्रेम गर, थोरैलाई विश्वास गर र कसैलाई पनि हानी नगर।
२. कुरामा होइन, काम गर्नमा महान् बन।
३. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन्।
४. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ।
५. यदि संगीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ।
६. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन।
७. धेरै सुन, थोरै बोल।
८. यहाँ न असल छ, न त खराब नै। असल र खराब त हाम्रो सोचाइको उपज हो।
९. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ।
१०. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ, यो थाहा छैन।
११. युद्ध र प्रेममा मान्छे अन्धो हुन्छ।
१२. आफ्नो प्रेम त्यसका लागि खेर नफाल, जसले यसको महत्व बुझ्नै सक्दैन।



लाेकपाटी न्यूज

