काठमाडौं, १३ भदौ। जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ।
निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो। ‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाउँदा एक करोड रुपैयाँ घाटा बेहोर्नुपर्यो ’ निगका एक अधिकारीले भने। यो समाचार कान्तिपुर दैनिकमा छ ।



लाेकपाटी न्यूज

