शुक्रबारको भाग्यफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राज्यबाट मान-सम्मान पाइनेछ। कुटुम्बको सहयोग मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइनेछ। शुभ समाचार सुन्न पाइएला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भाग्यले विभिन्न अवसर जुराउनेछ। शिक्षामा सफलता पाइनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णायक क्षमतामा कमी आउनेछ। प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जोश जाँगर र हिम्मत बढ्नेछ। आकस्मिक धन लाभ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रा गर्दा सचेत हुनुपर्नेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। नजिकका व्यक्तिबाट धोका पाइएला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। भूमि लाभ पनि रहला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धन लाभ हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सानातिना समस्यामा अल्झिनुपर्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले साथ दिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। रमाइलो यात्राको योग रहेको छ। धर्म, कर्ममा मन लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ। साहित्य तथा संगीतमा रुचि बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्