अब गाउँपालिकामा शिक्षकको स्थायी दरबन्दी पुनर्वितरण सुरु गर्छाैंः मन्त्री पाेखरेल

Girirajmani pokharel
लाेकपाटी न्यूज

काठमाडौं, १२ भदाै।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुनर्वितरण कार्य सुरु गर्ने भएको छ ।

राजधानी काठमाडौंमा बिहिबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी पुनर्वितरण गर्ने कार्यदलले बनाएको प्रतिवेदन मन्त्रिपरिषद् बैठकले पारित गर्नुको साथै प्रमाणित भएर आइसकेकाले अब दरबन्दी वितरणको काम सुरु गरिने बताएका हुन् ।

दरबन्दी पुनर्वितरण सम्बन्धमा मन्त्रालयले शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदन मन्त्रिपरिषदले पास गरेको मन्त्री पोख्रेलले जानकारी दिए ।

उनले शिक्षक सेवा आयोगको नियमावली पनि मन्त्रिपरिषद बैठकद्वारा संशोधन भइसकेको जानकारी दिए । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको र शिक्षाले ज्ञान, सिप र सोच परिर्वतन गर्न सक्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्