प्रधानमन्त्रीलाई हामीले नमस्कार गर्‍यौं उहाँले फर्काउनुभयो, यो पहिलो प्रयोग थियो’

Gokul Baskota
लाेकपाटी न्यूज

काठमाडौं, १२ भदौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फरेन्सको विषयमा प्रश्न उठाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषदका सदस्यले गरेको भिडियो कन्फरेन्सको विषयमा मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाएका हुन्।

बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।उनले प्रधानमन्त्रीले मन्त्रिपरषदका सदस्यसँग गरेको भिडियो कन्फरेन्सको विषयमा भ्रम फैलाइएको आरोप लगाए। हामीले नमस्कार गर्‍यौं उहाँले फर्काउनुभयो । यो पहिलो प्रयोग थियो’ उनले भने।

उनले भने ‘उहाँले कयौं वियषयमा जानकारी लिनुभयो, विभिन्न मन्त्रीसँग र कार्यबाहक प्रधानमन्त्रीसँग आवश्यक निर्देशन पनि दिनुभयो। आफ्नो स्वास्थ्य राम्रो भइरहेको बताउनुभयो। आफ्नो स्वास्थ्यप्रति चिन्ता चासो सरोकार र शुभेच्छा राख्ने नेपालीलाई धन्यवाद दिनुभयो। मन्त्रीहरुले पनि स्वास्थ्य लाभको कामना गर्‍यौं ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्