बौद्धबाट ८३ किलो रक्तचन्दन बरामद, दुई पक्राउ

raktachandan pic
लाेकपाटी न्यूज

काठमाडौं, १२ भदौ । बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ।
घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा राखिएको उक्त रक्तचन्दन बरामद गरिएको हो। उक्त रक्तचन्दन कसको हो र कसले ल्यायो भन्ने विषयमा अनुसन्धान भईरहेको बताइएको छ। रक्तचन्दनसहित पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्