काठमाडाैं, ११ भदाै। प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया सकिन अझै एक साता लाग्ने भएको छ । प्लाज्माफेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमूख सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।
रिमालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाल सामान्य रहेकाे छ । उपचार जारी रहेका बेला निजी चिकित्सक डा. दिव्यासिंह शाह बुधबार काठमाडौं फर्किएकी छन् ।
प्रधानमन्त्रीको शरीरमा एण्डीबडीको मात्रा केही बढी देखिएको छ । एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण्रा गर्ने उपाचार विधिलाई निरन्तरता दिन उनी सिंगापुरमा छन् ।
गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि स्वदेश फर्किएका उनी भदौ ५ गते पुनः उपचारका लागि गएका थिए । यस पटक पनि सोही अस्पतालमा विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिरहेका छन् ।



लाेकपाटी न्यूज

