बुटवल, ११ भदाै। पाल्पाको एक विद्यालयमा अनौठो प्रकारको बिमारले एक किशोरीको मृत्यु भएको छ । रम्भादेवी गाउँपालिका स्थित रम्भा माध्यामिक विद्यालय कक्षा १० की १६ वर्षीया छात्रा कमला फालाको मृत्यु भएको हो ।
साेही विद्यालयका अन्य ८ जना विद्यार्थीहरु कक्षाकोठामा पढ्दापढ्दै रुँदै र बेहोस हुँदै ढलेका छन् भने दुई किशारीहरु गम्भिर अवस्थामा रहेका छन् । ‘एक जना किशोर र ७ जना किशोरीहरु ट्युशन पढ्ने क्रममा रुँदै र बेहोस हुँदै ढलेका रहेछन्’ पाल्पाका प्रहरी प्रमूख एसपी दिपेन्द्र जिसीले भने । कमलाको उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउने क्रममा मृत्यु भएको हो ।
जिसीका अनुसार सो रोगबाट प्रभावित सबै विद्यार्थी कक्षा १० का हुन् । छात्र रोशन थापा र छात्रा बुद्धिसरा गाहको अवस्था गम्भिर रहेको छ । विद्यालयले बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक तुल्सी अर्यालले बताए ।


लाेकपाटी न्यूज

