एजेन्सी। भारतका लागि पाकिस्तानले आफ्नो आकाश फेरि बन्द गर्ने बताएकोे छ। भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएपछि क्रुद्ध बनेको पाकिस्तानले आफ्नो आकाश हुँदै कुनै पनि भारतीय जहाजलाई उडान गर्न नदिने चेतावनी दिएको हो।
मंगलबार बसेको पाकिस्तानी मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री इमरान खानले पाकिस्तानी आकाश भारतका लागि पूर्ण रूपले बन्द गर्ने प्रस्ताव गरेका थिए। पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेनले ट्वीट गर्दै हवाइ मार्गसँगै अफगानिस्तानसँग व्यापार गर्न भारतले प्रयोग गर्दै आएको स्थलमार्ग पनि बन्द गर्नेबारे कानूनी प्रक्रिया पूरा गर्न लागिएको जानकारी दिएका छन्।
‘मोदीले सुरू गरे हामी अन्त्य गर्नेछौं, ’ उनले ट्वीटरमा लेखेका छन्। यसअघि गत फेब्रअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ हमला गरेपछि पाकिस्तानले आफ्नो आकाश बन्द गरेको थियो। १३८ दिनसम्म बन्द भएको आकाश जुलाई १६ मा खुलेको थियो। पाकिस्तानी आकाश बन्द हुँदा भारतीय जहाजलाई नयाँदिल्लीदेखि युरोपको दूरी २ घन्टा बढ्छ। दिल्लीबाट पूर्वी अमेरिकी सहरमा उडान भर्ने जहाजले बीचमा इन्धन हाल्न रोकिनु पर्दा यात्रा समय चाररपाँच घन्टा लम्बिन्छ।
१९



लाेकपाटी न्यूज

