काठमाडौं, ११ भदौ। न्यू २४ का टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता भएको छ।
लामिछानेले आचारसंहिता पालना नगरी आफूलाई टेलिभिजन कार्यक्रममा ल्याएको भन्दै कञ्चनपुरका खेम भण्डारीले उजुरी पेश गरेका हुन्।
रवि लामिछानेले टेलिभिजन कार्यक्रममा आफूलाई गेष्टका रुपमा बोलाएर आचारसंहिता विपरीत प्रस्तुत भएको उजुरीमा उल्लेख गरिएको छ। पत्रकार आचारसंहिता उल्लङ्घन भएकोभन्दै रवि लामिछानेविरुद्ध हदैसम्मको कारबाहीको माग गरिएको छ।



लाेकपाटी न्यूज

