उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण महत्वपूर्ण छैन : डोनाल्ड ट्रम्प

Donald Trump
लाेकपाटी न्यूज

काठमाडौं, ११ भदौ । उत्तर कोरियाले लगातार गरेका क्षेप्यास्त्र परीक्षणबाट जापान सतर्क हुन थालेको छ। जापानका रक्षामन्त्री ताकेशी इवायाले उत्तर कोरियाले जापानको ब्यालिस्टिक क्षेप्यास्त्र कवच भेदन गर्ने वारहेडहरू विकसित गरिरहेको पनि बताएका छन्।

इवायाका अनुसार प्योङयाङका तफर्बबाट हालैका दिनमा गरिएका क्षेप्यास्त्र प्रक्षेपण छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको विश्वास गरिएको छ। क्षेप्यास्त्रहरू अनियमित मार्ग भएर समुद्रमा विसर्जन गरिएकोले जापान सतर्क भएको हो। तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यी प्रक्षेपणहरू महत्त्वपूर्ण नभएको प्रतिक्रिया दिएका छन्।

शनिवार मात्र उत्तर कोरियाले छोटो दूरीका दुई क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले पुष्टि गरेको छ । सउलले टोक्योसँग सैन्य सूचना आदानप्रदान सम्झौता अन्त्य गरेको बताएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरिएको हो ।