बुधबारको भाग्यफल : यस्तो छ तपाईंको २४ घण्टा

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ। मनमा शंका उब्जीएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मिक सन्तुष्टि मिल्नेछ। विद्यामा सफलता पाइएला। जोश,जाँगर बढ्ला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विवादमा विजयी होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ–अशुभ समाचार सुनिएला। लाभ, हानी, आय, व्यय, सुख, दुख बरावरी मध्यम खालको दिन छ। मित्रसँग मीठो भेटघाट रहला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। प्रेमीको सहयोग पाईनेछ। नयाँ कामको थालनी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन कमजोर रहला। सामान हराउने वा चोरी हुने भयछ। पारिवारीक झमेला आउला। कुविचारमा मन जानेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बन्धु(बान्धवबाट सहयोग मिल्नेछ। सांगितीक क्षेत्रमा रुची बढ्नेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भेटघाट र मनोरञ्जनमा सहभागीता भइएला। वैदेशिक कार्य अघी बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु–बान्धवबाट सहयोग मिल्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सामाजिक कार्यमा मन जाला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। आर्थिक कारोवारमा मन्दी आउनेछ। कार्य सम्पादनमा समस्या आउला। चिन्ता बढ्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) दाम, इनाम र प्रतिष्ठा कमाउने वेलाछ। व्यापार व्यवसायमा फाईदा होला। वाहान सुख मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रीय व्यक्तिसँग भेटघाट होला। मिष्ठान्न भोजन मिल्नेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ। दिनको उत्तरार्ध बढी सुखद् रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। धार्मिक यात्राको योगछ। शत्रुहरु पराजित हुनेछन्। दाम्पत्य जीवन पनि सुखमय हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्