नवलपरासी, १० भदौ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको बताएका छन्। मंगलबार पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा आयोजित एक कार्यक्रममा उनले प्रदेश र स्थानीय सरकारलाई स्रोत परिचालनको अधिकार दिए पनि केन्द्रकै मुख ताक्ने प्रवृत्ति नहटेको टिप्पणी गरे।
अध्यक्ष तिमिल्सिनाले आफूले पाएको अधिकार उपयोग नगरी केन्द्रलाई दोष दिनु संघीयताको मर्मविपरीत भएको बताए । राजनीतिक झण्डा ओढेर भ्रष्टाचार गर्ने दिन गएकाले भ्रष्टाचारी जोकोही भएपनि उन्मुक्ति नपाउने जिकिर उनले गरे। अध्यक्ष तिमिल्सिनाले संविधान बनेपछि जनताले सबै अधिकार पाए पनि विभेदबाट भने मुक्त हुन नसकेको बताए।



लाेकपाटी न्यूज

