पोखरा, १० भदौ। पोखराको २ ठाउँमा डिप बोरिङ (ट्युवेल) निर्माण गरिएको छ। ३ ठाउँमा अझै ट्युवेल निर्माण गर्ने काम जारी छ। विपद्का बेला नागरिकहरुलाई स्वच्छ पानी उपलब्ध गराउने गरी डिप बोरिङ निर्माण गरिएको हो।
नेपालस्थित अमेरिकी दूतावासको सहयोगीमा ती ट्युवल निर्माण भएका हुन्। पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालय र सशस्त्र प्रहरीकै कालिका बाहिनीमा निर्माण गरिएका २ ट्युवलेको उद्घाटन समेत भइसकेको छ।
अमेरिकी दूतावासको इन्डोप्याकम अग्मेन्टेशन टिमका सदस्यहरूले एक कार्यक्रमका बीच सोमबार ती २ ट्युवेल उद्घाटन गरी सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेका छन्। निर्माणाधीन अवस्थामा रहेका बाँकी ३ ट्युवेलको निर्माण कार्य कात्तिकसम्ममा सम्पन्न हुने जनाइएको छ।



लाेकपाटी न्यूज

