प्रधानमन्त्रीलाई तेस्रोपटक ‘प्लाज्माफेरेसिस’ गरिँदै, के हो ‘प्लाज्माफेरेसिस’ ?

KP Sharma Oli
लाेकपाटी न्यूज

काठमाडौं, १० भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज तेस्रोपटक ‘प्लाज्माफेरेसिस’ गरिँदैछ। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ।

प्रधानमन्त्रीको शरीरमा देखिएको ‘मृगौलासम्बन्धी एन्टिबडी’ को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गर्नुपर्ने चिकित्सकले बताएका छन्। अहिलेसम्म शुक्रबार र आइतबार गरी दुईपटक प्लाज्माफेरेसिस भइसकेको छ।

उनको दिन बिराएर ‘प्लाज्माफेरेसिस’ प्रक्रिया थालिएको छ। आज फेरि तेस्रो पटक उक्त उपचार प्रक्रिया गर्न लागिएको हो। उनको शरीरमा आवश्यकभन्दा भिन्न प्रकारको एन्टिबडी देखिएपछि प्लाज्माफेरेसिस प्रक्रिया अपनाइएको हो।

विशेषज्ञका अनुसार एन्टिबडी हटाउन शरीरको रगत निकालेर उपचार गरेर फेरि त्यसलाई शरीरमा पठाउने प्रक्रिया प्लाज्माफेरेसिस हो। जसले गर्दा मृगौलामा भइरहेको आक्रमण रोक्न सकिन्छ।

उपचारको लागि प्रधानमन्त्री ओली बिहीबार सिंगापुर पुगेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्