रविलाई विदेश भ्रमण नजान अदालतकाे आदेश

Rabi-Lamichhane-1
लाेकपाटी न्यूज

काठमाडाैं। सञ्चारकर्मी तथा न्यूज २४ टेलिभिजन सिधा कुरा जनतासँग कार्यक्रमका कार्यक्रम प्रस्ताेता रवि लामिछानेलाई अदालतको अनुमतिबिना विदेश भ्रमणमा जान रोक लगाइएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले लामिछानेलाई ५ लाख, उनका सहकर्मी युवराज कँडेललाई तीन लाख र नर्स अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिए पनि अदालतको अनुमतिबिना विदेश भ्रमणमा जान भने रोक लगाएको हो ।

यस्तै शालिकराम आत्महत्या प्रकरणसँग सम्बन्धित रहेर सार्वजनिक टिकाटिप्पणी वा टेलिभिजन कार्यक्रम नबनाउन पनि अदालतकाे आदेश रहेकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्