बज्र एकेडेमीमा विज्ञान प्रदर्शनी

लाेकपाटी न्यूज

ललितपुर, ७ भदाै। ललितपुरकाे गोदावरी नगरपालिका–१३ स्थित झरुवाराशीमा अवस्थित बज्र एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । शनिवार आयोजित उक्त प्रदर्शनी माझ एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले शिक्षण सिकाई अन्तर्गत अभ्यासका क्रममा सिकेका कुराहरुलाई डेमोका रुपमा प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा स्वचालित रोबोट, वनस्पति लगायत विज्ञानसँग सम्बन्धित सामाग्री राखिएको थियो । उक्त प्रदर्शनीमा विद्यार्थी, अभिभावक एवम् अध्यापकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रयोगात्मक शिक्षण सिकाइको अवधारणा अनुरुप विद्यार्थीहरुको प्रत्यक्ष संलग्नतामा विज्ञान प्रदर्शनी आयोजना गरिएको बज्र एकेडेमीका निर्देशक भुपेन्द्र बिक्रम थापाले बताए । ‘हामीले विद्यार्थीहरुलाई सिद्धान्त सँगसँगै प्राक्टिकल ज्ञान र सिप पनि बरोबर रुपमा दिने गर्दै आएका छौं र विद्यार्थीहरुले कोर्ष अफ स्टडीमा पढेका तिनै कुरालाई अभ्यास गर्दै सिक्न प्रेरित गर्न मासमा गरिने यस्ता प्रदर्शनीले अझ हौसला मिल्ने हुँदा यो विज्ञान प्रदर्शनी आयोजना गरेका हौ’ उनले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्