धरान उपनिर्वाचन : मेयरकाे उम्मेदवारीमा अइन्द्र विक्रम बेघा प्रमूख दाबेदार

लाेकपाटी न्यूज

धरान, ७ भदाै । धरान उपमहानगरपालिमा आगामी मंसिर १४ गते हुने मेयरको उपचुनावका लागि चुनावी गतिविधिहरु सुरु भएको छ। कांग्रेसका तिलक राईलाई करिब ५ हजार मतान्तरले हराउँदै मेयर बनेका तारा सुब्बाको गत वर्ष निधन भएपछि धरानमा मेयर पद खाली रहेकाे थियाे।

निर्वाचन आयोगले देशैभरि उपनिर्वाचनको मिति घोषणा गरेसँगै धरानमा मेयर पदका लागि नेताहरु चुनावी अभ्यास गर्न थालेका छन्। आयोगले देशैभरिका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका ५० सिटमा अगामी मंसिर १४ गते उपचुनावको मिति गत साता घोषणा गरिसकेको छ।

धरानमा मेयर पदमा नेकपाका तर्फबाट प्रमूख दाबेदारका रुपमा पूर्वका चर्चित विद्यार्थी नेता तथा हाल नेकपाका प्रदेश १ कमिटीका सदस्य अइन्द्र विक्रम बेघा रहेका छन्। बेघा तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा जेलसमेत परेका धराने जनताका प्रत्येक समस्यालाई आफैं उपस्थित भएर समाधान गर्ने नेताका रुपमा चिनिन्छन्।

धराने जनताका लागि राम्रो छवि बनाएका उनी जनतामा राम्रो छाप छोडेका रातदिन जनताकै सेवामा तल्लीन युवादेखि वृध्दासम्मले रुचाएका युवा नेता बेघा मेयरका प्रमूख दाबेदार हुन्। दृढ ईच्छा शक्ति, योजना र भिजन भएको र स्थानीय जनतामा घुलमिल भएका नेताका रुपमा हेर्ने हो भने अइन्द्र विक्रम बेघाको विकल्प खोज्न नसकिने नेकपाका एक जिल्ला नेता बताउँछन् ।

स्रोतका अनुसार नेकपामा पूर्व एमालेबाट ईमानदार छवि बनाएका नेकपा जिल्ला कमिटी सदस्य प्रकाश राईको समेत चर्चा छ। राई माधव नेपाल समूहका भएकाले केपी ओली लाइनमा ओली पक्षकै विजय राईको नाम अगाडि सारेका छन्। हुन त धरानमा पटक पटक मेयर उपमेयर बनेका नेकपाकै मनोज मेन्याङ्बोको समेत मेयरमा दावी रहेछ छ। एउटै व्यक्तिलाई भन्दा नि नयाँ अनुहारलाई ल्याएर मात्र धरान बन्ने कुरा स्थानीय राजनीतिक विश्लेषक बताउँछन्।

त्यस्तै केन्द्रीय स्तरमा राम्रो पहुँच बनाएका र पार्टी अध्यक्ष प्रचण्ड र प्रदेशका मुख्य नेताको समेत विश्वासिलाे छवि बनाएका नेता अइन्द्र विक्रम बेघाले मेयरको टिकट हात पार्ने सम्भावना प्रबल देखिन्छ । नेकपामा पूर्व माओवादीकै नेकपा जिल्ला सदस्य अशाेक राईको समेत दाबी छ । तर अइन्द्र विक्रम वेघा मेयरमा उम्मेदवारी भए आफू दाबी नगर्ने उनी बताउँछन् ।

काङ्ग्रेसमा पनि उम्मेदवारी दाबेदारमा प्रतिस्पर्धा
नेपाली काङ्ग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङले आफूलालाई मेयरको उम्मेदवार घोषणा गरिसकेका छन्। तामाङ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीका रुपमा कार्यरत थिए। मेयरको चुनाव लड्नकै लागि तामाङले यही साता कर्मचारी पदबाट राजीनामा दिएका छन् । कम्युनिस्टहरुको गढ रहेको धरानमा काङ्ग्रेसलाई मेयर हत्याउन त्यति सजिलो भने देखिँदैन।

पार्टीको जनआधार कस्तो छ ?
अघिल्लो पटकको मेयरको चुनावमा स्व. तारा सुब्बाले २० हजार ९७५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए। त्यस्तै तत्कालीन माओवादीका अइन्द्र विक्रम बेघाले ११ हजार १८० मत ल्याएमा थिए । अहिलेको अवस्थामा एमाले र माओवादी पार्टी एकता पश्चात् ठूलो दल बनेको अवस्थामा अन्य दललाई चुनाव जित्न कठिन देखिएकाे छ। तर, राजनीति गणितका आधारमा विश्लेषण गर्न नसकिने कुरा राजनीतिक विश्लेषक बताउँछन् ।

नेकपामा दुई पार्टी एकता पश्चात् कसले मेयर पदको उम्मेदवारी लिने भन्ने जनचासोको विषय बनेको छ। गत २०७४ सालको निर्वाचनमा सुनसरी १ का प्रतिनिधि सभा, प्रदेश सभाका दुई लगायत तिनवटै क्षेत्रमा पूर्वएमालेको भागमा परेको थियो भने पूर्वमाओवादीले केही लिएको थिएन। त्यसकारण अहिले स्थानीय तह पूर्वमाओवादीले पाउने कुरा स्वभाविक रहेको धरानकै अग्रज पत्रकार केशव घिमरे बताउँछन्। बलिया उम्मेदवार अइन्द्र विक्रम बेघा भए पनि नेकपा प्रकाश राईको पनि चर्चा रहेकोले यी दुई व्यक्तिमा एक उम्मेदवार हुने पक्का देखिएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्