नवलपरासी, ७ भदौ। निम्न माध्यामिक विद्यालय स्तरीय तिज गीत प्रतियोगितामा साकुरा मेमोरियल ई. बोर्डिङ स्कुल सुनवल १ नवलपरासी प्रथम भएको छ।
नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखा अन्तर्गतको जुरेस् युरेस शिक्षक नायक कोषाध्यक्ष देव भट्टराईको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर शिक्षा प्रमुख विष्णु गोतामेको प्रमुख आतिथ्यमा सम्पन्न तिज गीत प्रतियोगितामा सुनवल लोटस दोस्रो र न्यु स्टार मा.वि तेस्रो भएको छ। त्यस्तै सान्तोना स्थानमा रामनगर एकेडेमीले चित्त बुझाएको छ।
सुनवल नगरपालिकाका १५ विद्यालयहरूको सहभागिता रहेको तिज गीत प्रतियोगिताको निर्णायकमा देवेन्द्र चौधरी र सन्देश कवर रहेका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति कृष्ण लामिछाने, सदस्य रुद्र कुमारी कँडेल, तिलक राम ढकाल, भीम ढकाल, तिलक प्रसाद पौडेल लगायतले आ आफ्नो धारणा राखेका थिए।



लाेकपाटी न्यूज
