विप्लव नेकपाद्वारा साेमबार चितवन बन्दकाे घाेषणा

biplab netra bikram chand
लाेकपाटी न्यूज

चितवन, ६ भदाै। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले साेमबार चितवन बन्दकाे आह्वान गरेकाे छ। आज एक विज्ञप्ति जारी गर्दै भदौ ९ गते (सोमबार) चितवन बन्दको आह्वान गरेको हाे।

नेकपा चितवन सेक्रेटरी धुर्व र ईन्चार्ज शार्दुलद्वारा जारी विज्ञप्तिमा भदौ ६ र ७ गते प्रचार प्रसार, ८ गते मसाल जुलुस र ९ गते चितवन बन्द कार्यक्रम रहेको उल्लेख छ ।

यसैबीच, पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ११ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बिहीबार राति गराइएको आगजनीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको राप्ती नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत मिठाराम हुमागाईंले जानकारी दिए।

अज्ञात समूहले ढोका फोरेर आगजनी गरेको घटनाको प्रकृतिले देखाएको हुमागाईंले बताए। राप्ति ११ को आहोलेवाङ्ग भन्ने गाउँमा नेपाल कम्युनिष्ट पार्टीले बनाएको प्रतीक्षालय प्रहरीले भत्काएको कारणले त्यसको प्रतिरोध स्वरुप वडा कार्यालयमा आगजनी भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।