काठमाडाैं, ६ भदाै। नेपाल पत्रकार महासंघ कास्की शाखाले महासंघका साधारण सदस्य समेत रहेका पत्रकार जनसञ्चार डटकमका सञ्चालक एवम् सम्पादक ओम हमालकाे निशर्त रिहाइकाे माग गरेकाे छ। पत्रकार पक्राउ प्रकरणप्रति खेद प्रकट गर्दै महासंघले आज पक्राउ परेका हमालकाे निशर्त र यथाशिघ्र रिहाइकाे माग गरेकाे हाे।
पत्रकारिता जगतमा लामाे समयदेखि निरन्तर भ्रष्टचार, अन्याय र बेथितिका विरुद्ध कलम चलाउँदै आएका पत्रकार हमाल जनपत्रकार पत्रकार संगठनका केन्द्रीय सदस्य तथा धाैलागिरीका संयाेजक हुन्।
यसै बीच जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले हमालको गिरफ्तारीको भर्त्सना गरेका छन्। डुम्रेले राज्यसँग फरक मत राखेकै कारण पत्रकारको गिरफ्तार गर्नु फासीवादको अभ्यास भएको बताए।
डुम्रेले भने, ‘हरेक पत्रकारको आफ्नो वैचारिक आस्था हुन्छ। कसैमाथि वैचारिक आस्थाकै गरिएको गिरफ्तार फासीवादको अभ्यास हो।’ डुम्रेले राज्य अग्रगामी शक्ति र विचारसँग पराजित हुँदै गएका कारण पत्रकारको धरपकडमा उत्रिएको बताए।
विज्ञप्तिः




लाेकपाटी न्यूज
