वीरगञ्ज, ६ भदौ। ४ राउण्ड गोली र सुतली बमसहित वीरगन्जबाट ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २४ रामगढवाका ३२ वर्षीय इनुस अन्सारी, सोही ठाउँका २२ वर्षीय उद्धाम अन्सारी र १९ वर्षीय टाइगर भनिने जौवाद अन्सारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट २ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको छ ।



लाेकपाटी न्यूज

