नयाँ दिल्ली, ५ भदौ। भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरम पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले बुधबार साँझ भ्रष्टाचारको आरोपमा उनलाई पक्राउ गरेको हो।
आईले ७३ वर्षीय चिदम्बरममाथि संयुक्त प्रगतिशिल गठबन्धन (युपिए) को सरकारमा अर्थमन्त्री भएका बेला आइएनएस मिडिया कम्पनीमा सन् २००८ मा गरिएको अवैधानिक रुपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप लगाएको छ। सीबीआईले उनलाई दिल्लीको जोरबागस्थित निवासबाट पक्राउ गरेको हो।
पक्राउ गर्नका लागि चिदम्बरमको घर पुगेका सीबीआईका अधिकारीहरुले निकै कसरत गर्नु परेको थियो। निवासको मूलढोका नखोलिएपछि उनीहरु पछाडिको ढोकाबाट प्रवेश गरेका थिए। सीबीआईका केही अधिकारीहरु त पर्खाल नाघेरसमेत भित्र पसेका थिए।
त्यसअघि चिदम्बरमले आफूमाथि सीबीआईले लगाएको आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न र पक्राउ नगर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए। तर, मंगबालर उच्च अदालतले उनको माग अस्वीकार गरेको थियो।
त्यसपछि सीबीआई र प्रवर्तक निर्देशनालयको टोलीले चिदम्बरमलाई पक्राउ गर्न खोजी शुरु गरेको थियो। त्यसका लागि मंगलबार दुई पटकसम्म उक्त टोली उनको निवास पुगेको थियो। तर, उनलाई फेला पार्न सकेको थिएन।
चिदम्बरम बुधबार साँझ कंग्रेस पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक भएका थिए। उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिदम्बरमले आइएनएक्स मिडिया प्रकरणमा प्रत्यक्ष आरोप नलगाइएको हुँदा मंगलबार राति र बुधबार दिनभर वकिलहरुसँगको परामर्शको व्यस्त रहेको र न्यायिक प्रक्रियाको अपहेलना गर्न नखोजेको प्रष्टिकरण दिएका थिए।पत्रकार सम्मेलनपछि चिदम्बरम आफ्नो निवास पुगेलगत्तै सिबिआईको टोलीले चिदम्बरमलाई पक्राउ गरेको हो । (एजेन्सी)



लाेकपाटी न्यूज

