उपचारका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै

Kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन्। प्रधानमन्त्री दिउँसो साढे एक बजे थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लागेको जनाइएको छ। यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गई साउन २७ गते स्वदेश फर्किएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताएका थिए।

उनी स्वदेश फर्किएपछि संसदको बैठकलाई सम्बोधन समेत गरेका थिए। लामो समयदेखि थाति रहेको पार्टीको जिम्मेवारी बाँडफाँड समेत उनले यही छोटो समयमा टुंग्याएका छन्।

विगतको द्वन्द्वकालीन घटनालाई टुंग्याउनको लागि सत्य निरुपण आयोग र बेपत्ता आयोगमा पदाधिकारी छनोटको विषयमा पनि उनले प्रमुख विपक्षी नेपाली कांग्रेससँग सहमति लिएर प्रक्रिया टुंग्याउने प्रयास गरेका छन्।

प्रधानमन्त्री ओली मृगौलाका बिरामी हुन्। उनको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्