चितवन, ४ भदाै । भरतपुर महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीको निवासमा बुधबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष दवाडीका बुबा स्व. खडानन्द दवाडीको निधन भएको सातौँ दिन श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।
कार्यक्रमकी प्रमूख अतिथि एवम् भरतपुर महानगर प्रमूख रेनु दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै दिवंगत खडानन्द दवाडी कृषि क्षेत्रमा सक्रिय उदाहरणीय पात्र भएको बताइन्। उनले स्वर्गीय दवाडीकै प्रेरणाले परिवारका अरु सदस्य राजनीति र समाजसेवामा सक्रिय रहेको पाइएको बताइन्।
श्रद्धाञ्जली कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारी, भरतपुर महानगरका प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी लगायतले स्वर्गीय खडानन्द दवाडीको सामाजिक योगदानबारे मन्तव्य राखे।
वि. सं. १९९८ साल फागुन २९ गते कास्कीमा जन्मिएका दवाडीको २०७६ साल साउन ३० गते नर्भिक अस्पताल काठमाडौँमा उपचाररत अवस्थामा निधन भएको थियो । स्वर्गीय दवाडीका चार जना छोरा, एउटी छोरी र एउटी श्रीमती छन् ।




लाेकपाटी न्यूज
