थप उपचारका लागि प्रधानमन्त्री सिंगापुर जाँदै

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, ३ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार फेरि सिंगापुर जाने भएका छन्। यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का लागि सिंगापुर उड्न लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ।

‘यस पटकको उपचारमा प्रधानमन्त्रीलाई केही नयाँ औषधी चलाइएको थियो, त्यसको प्रभाव कस्तो छ भनेर जानुपर्ने थियो तर समय निश्चित थिएन। अब भने उहाँ पाँच गते सिंगापुर जाने टुंगो लागेको छ’, प्रधानमन्त्री निटक स्रोतले भन्यो।

प्रधानमन्त्रीको यसपालीको बसाईं कति लामो हुन्छ भन्ने एकिन भने भइसकेको छैन।सिंगापुरको नेशलन युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका ओलीलाई अस्पतालले यसअघि नै केही समय बसेर औषधिको प्रभाव हेर्न आग्रह गरेको थियो।

तर, ओलीले फेरि आउने भन्दै आफूलाई नेपाल फर्किन दिन आग्रह गरेपछि अस्पताल सहमत भएको थियो।
गत साउन २७ गते नेपाल आएका ओलीले राजनीतिक सक्रियता तीब्र पारेर नेकपाभित्र केही महत्वपूर्ण निर्णय गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्