पुडासैनी मृत्यु प्रकरणः रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान

rabi_police
लाेकपाटी न्यूज

काठमाडौं, २ भदाै। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा छानविनका लागि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनासँग बयान लिइएको छ । लामिछानेसहित तीनै जनालाई सरकारी वकिलको कार्यालयमा आज बयान लिइएको हो ।

अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो । सोही बयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ ।

आज निषेधित क्षेत्र जारी गरेकोले प्रहरीलाई लामिछानेसहित तीनै जनालाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो । निषेधिक क्षेत्र जारी गरे पनि रवि समर्थहरुले भने प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्