६० वर्षीय बाबुद्वारा ११ वर्षीया छाेरी बलात्कृत, बाबु पक्राउ

Rape-01
लाेकपाटी न्यूज

काठमाडाैं, २ भदाै ।  नवलपरासी जिल्लामा ६० बर्ष उमेरका ठूला बाबुले ११ वर्षीया भाईकी छोरीलाई बलात्कार गरेकाे आराेपमा पक्राउ परेका छन् ।

बाबु–आमा दुबै सम्पर्कविहीन भई बेसहारा बनेकी ११ वर्षीया बालिका विवसता–२ (नाम परिवर्तनलाई ) आफैले संरक्षण दिएर राखेका जेठा बाबु सुनवल नगरपालिका वडा नम्वर ४ का ६० बर्षीय कलंकराम (नाम परिवर्तन)ले गत एक महिनादेखि बलात्कार गर्दै आएको आरोपमा आज पक्राउ परेका हुन् ।

नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र थापाका अनुसार उनले पैसाको प्रलोभन समेत देखाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । उनलाई आजै जबरजस्ती करणीको मुद्धा दायर गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्