रवि लामिछाने बचाउ अभियानका अध्यक्षद्वारा राजिनामा

लाेकपाटी न्यूज

काठमाडाैं, २ भदाै । रवि लामिछाने बचाउ अभियानका अध्यक्षले राजिनामा दिएका छन्। पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने पक्राउकाे विराेधमा चितवनमा भइरहेकाे प्रदर्शन बढी नै उच्छृङ्खल भएकाे र त्यसले घटनाकाे छानविनमा समेत असर परेकाे भन्दै बचाउ अभियानका अध्यक्ष सराेज घिमिरेले साे अभियानकाे अध्यक्षबाट राजिनामा दिएका हुन्। 

अध्यक्ष घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै रवि लामिछाने बचाउ अभियानकाे अध्यक्ष पदबाट राजिनमा दिएकाे जानकारी दिएका हुन्। उनले विज्ञप्ति मार्फत् पछिल्लाे समय प्रदर्शन बढी नै अनियन्त्रित र उच्छृङ्खल भएकाे र त्यसकाे फाइदा बाहिरी तत्वले उठाउन खाेजेकाेले बचाउ अभियान समिति गठन गर्नुकाे कुनै औचित्य नभएकाे बताएका छन् ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघि स्वयंले रेकर्ड गरेकाे सुसाइड भिडियाेमा रवि लामिछानेसहित तीन जनाकाे नाम जाेडिएकाे थियाे । त्यही भिडियाेकाे आधारमा आत्महत्या दुरूत्साहनकाे अभियाेगमा प्रहरीले गत बिहीबार तीनै जनालााई पक्राउ गरेकाे थियाे ।

विज्ञप्तिः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्