चितवन, २ भदौ। पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने अभियोगमा मुछिएका पत्रकार रवि लामिछानेसहित तिनै जनाको बयान लिने क्रम जारी रहेको छ। सोमबार दिउँसोबाट बयान लिन थालेकोमा पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्न अभियोगमा मुछिएकी अस्मिता कार्कीको बयान लिएरसकिएको छ।
त्यसै गरी रवि लामिछाने र युवराज कँडेलको बयान लिइरहेको स्रोतले जनाएको छ।अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिन लागिएको हो। बयान सकिएपछि आजै साृमबार वा मंगलबार मात्रै म्याद थप्ने नथप्नेबारे निर्णय हुने बताइएको छ।



लाेकपाटी न्यूज

