रवि लामिछानेले पाँच लाख घुस मागेको खुलासा (भिडियोसहित)

Rabi-Lamichhane-1
लाेकपाटी न्यूज

काठमाडौं, २ भदौं। पत्रकार रवि लामिछानेले पाँच लाख घुस मागेको खुलासा भएको छ। न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेलाई पूर्वमाओवादी लडाकु रक्षकुमार राईले पाँच लाख घुस मागेको आरोप लगाएपछि यस्तो खुलासा भएको हो।

राइले कतारको जेलमा दुखदायि जेल जिवन बिताइरहेका इलामका प्रेम राईलाई बचाउन संचालन गरेको सहयोग अभियानको क्रममा रविले पाँच लाख घुस मागेको बताएका छन्। प्रेम बचाउँ अभियानका अभियन्ताले प्रेमकाबारे केही बोलीदिन आग्रह गर्दा पाँच लाख मागेको उनको भनाई छ।

उनले भने,‘हामी रविलाई समाजसेवी भनेर भेट्न गएका थियौं तर उनले आफू पाँच मिनेट बोलेको पाँच लाख लिन्छुभन्दै पन्छिएपछि उनको कर्तुत थाहा भयो।’ रवि नेपालमा समाजसेवाको नाटक गर्दै पैसा कमाउन अमेरिकाबाट फर्किएको बताउँदै पैसाको लागि जे पनि गर्न रवि तयार भएको उनको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्