काठमाडाैं। १० दिनमा ५० जनाकाे मृत्यु भएपछि चाडमा सङ्कटकालकाे घाेषणा गरिएकाे छ। चाडका राष्ट्रपति इद्रिस डेबीले देशको पूर्वी क्षेत्रमा रहेका दुई प्रदेशमा सङकटकालको घोषणा गरेका हुन् ।
अन्तरजातीय भीडन्त भएर हिंसात्मक घटना थप बढ्दै जाने भएपछि आइतबार उनले सङ्कटकालको घोषणा गरेका हुन् । अहिले सङ्कटकाल घोषणा गरिएको क्षेत्रमा भएको भीडन्तमा परी यही महिनाको झण्डै दश दिनमा चार दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ ।
राष्ट्रपतिले घोषणा गरेको सङ्कटकाल तीन महिनाका लागि हो । अधिकारीहरुले दिएको जानकारी अनुसार सङ्कटकाल लागु गरिएको क्षेत्र सिला र औड्डाइमा यही अगस्ट ९ देखि अहिलेसम्ममा ५० जनाको मृत्यु भएको छ ।
आन्तरिक द्वन्द्व भएको ठाउँमा पशु गोठाला र आदिवासी कृषकहरुबीचमा झडप हुने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । – एजेन्सी



लाेकपाटी न्यूज

