राष्ट्रिय बाणिज्य बैंकमा आगलागी

Aaglagi pic
लाेकपाटी न्यूज

चितवन, २ भदौ। भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा सोमवार बिहान आगलागी भएको छ।बैंकको शाखा कार्यालयमा विद्युत सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट तल्लो तलाका अधिकांस सामान जलेर नष्ट भएका छन्। शाखा प्रमूखको कार्यकक्ष जलेर ध्वस्त भएको छ।भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको दमकलले करिव एक घण्टामा आगो नियन्त्रणमा लिएको हो।

आगलागीका कारण दुई वटा कोठामा रहेका सीसी क्यामेरा, फर्निचर, कागजात जलेका साहायक प्रमूख जिल्ला अधिकारी जनक राज पन्तले जानकारी दिए।उनले महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर भने सुरक्षित रहेको पन्तले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्