‘पारस शाहलाई पक्राउ गरी मुद्दा चलाइयोस्’

parash
लाेकपाटी न्यूज

काठमाडौं । सत्तारुढ नेकपाका एक प्रभावशाली युवा नेता सुरेन्द्र बस्नेतले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि जाइलागेका पूर्वयुवराज पारस शाहीमाथि कारबाहीको माग गरेका छन्।

अधिवक्तासमेत रहेका नेकपा बस्नेतले पारसलाई तत्काल गिरफ्तार गर्न माग गरेका हुन्। बस्नेतले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन  ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कयौं आमसञ्चारका माध्यम र सयौं मान्छेका अगाडि ड्युटीमा रहेका प्रहरी नायव निरीक्षकलाई सार्वजनिक रुपमा मुक्का हान्ने पारस शाहलाई तुरुन्त गिरफ्तार गरी कारबाही गरियोस्।

विगतमा प्रवीण गुरुङको हत्या , लोकप्रिय गायक रामकृष्ण ढकालमाथिको कुटपिट लगायतका सयौं आपराधिक घटनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई अहिले पनि असनको साँढेजस्तै छाड्नु जरुरी छैन। यो लोकतन्त्र हो।’

पासरले थाइल्याण्डमा रहेका बाबु ज्ञानेन्द्र भेट्न जान लागेकी आमा कोमल र छोराछोरीलाई विमानस्थलमा बिदाइका लागि गएका बेला प्रहरीका नायब निरीक्षक (सई) माथि कुटपिट गर्न हात उठाएको घटना बाहिर आएपछि त्यसको सामाजिक सञ्जालमा विरोध भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्