काठमाडौं, २ भदौ। पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन्।आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) लाई दुव्र्यवहार गरेका हुन्।
ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले समेत जानकारी राखेको छ। ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्दा सार्वजनिक अपराधको मुद्दा लाग्छ।
थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए। आफ्ना छोरा र भान्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्रहरीलाई दुव्र्यवहार गरेका थिए। आजको नागरिक दैनिकबाट।



लाेकपाटी न्यूज

