मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यमा बाधा आउनेछ। शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ। सरकारी निकाएबाट सहयोग मिल्नेछ। कष्टकर यात्रा गर्नुपर्ला।
वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। प्रेम सम्बन्ध कसिलो होला। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँबाट धनागम हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक कारोवारमा मन्दी आउनेछ। प्रेमी र प्रेमिकाकाबिच खिन्नता बढ्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चिताएको कामले तीव्रता लिनेछ। कार्यमा सफलता पाईनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। पुनर्मिलनको योग रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पूरा होला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साना–तिना समस्यामा अल्झिनुपर्नेछ। परिवारीक समस्याले सताउनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) नयाँ कार्यको योजना बन्नेछ।नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफलयात्रापनि हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सहयोग मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जोश जाँगर वढ्नेछ।भौतिक साधन जुटाउने समय छ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। सौन्दर्यतामा धन खर्चपनि हुनेछ।



लाेकपाटी न्यूज
