पत्रकार पुडासैनीको भिडियो शंकास्पद : मन्त्री ज्ञवाली 

pradip gyawali pic
लाेकपाटी न्यूज

गुल्मी, ३२ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार शालिकराम पुडासैनीको भिडियो शंकास्पद रहेको बताएका छन्। साउन २१ गते चितवनको एक होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व पत्रकार रवि लामिछाने लगायतले आत्महत्या गर्न दुरुत्साहन गरेको भनि लगाएको आरोपबारेको भिडियो शंकास्पद रहेको बताएका हुन्।

शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।भिडियो आफैँमा विरोधाभाष रहेकोभन्दै  एक आपसमा बाँझिएको बताए।’भिडियो इडिट गर्नेलाई खोजी गरिदैन ? भन्ने प्रश्नमा उनले कसैले बदमासी गरेको पाइए कारवाही गरिने बताए।

उनले कानूनभन्दा माथि कोही पनि हुन नसक्ने भन्दै आरोप लागिसकेपछि रवि लामिछानेलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए ।उनले कानूनभन्दा माथि रवि लामिछाने  नहुनेभन्दै निर्दोष  भए फसाउने कुरै हनहुने बताए। यदि दोषी ठहरिए कानून अनुसार कार्वाही हुने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्