चितवन, ३२ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन भन्दै शनिबार बिहानै चितवनका युवाहरुले प्लेकार्डसहितको जुलुश निकालेका छन् ।
पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्यूज २४ का पत्रकार रवि लामिछानेले आफूलाई मर्न बाध्य पारेको बताएपछि अनुसन्धानका लागी पत्रकार लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरी चितवन पुर्याएको थियाे ।
शुक्रबार दिनभर लामिछानेका समर्थकका नाममा कांग्रेस र केही राजावादीहरुले चितवनमा लामिछानेमाथि छानविन गर्न नपाइने भन्दै नाराजुलुश गरेका थिए ।
तर, शनिबार भने बिहानै चितवनका स्थानीय युवाहरुले कानूनतः छानविन गर्नुपर्ने, पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चितवनको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन् ।
भिडियाे हेर्नुस्ः (भिडियाे स्राेतः खबरडबली)



लाेकपाटी न्यूज
