काठमाडौं। पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालतमा पेश गरेको छ । अदालतले थप अनुसन्धानका लागि लामिछानेसहितका तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति समेत दिएको छ ।
न्यूज २४ का पूर्व सहकर्मी पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भनिएको एक भिडियोमा आफ्नो मृत्युको कारण रवि लामिछाने, युवराज कडेल र अस्मिता भनिने रुकु कार्की भएको बताएपछि थप अनुसन्धानको लागि भन्दै उनीहरु तीनै जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो
यस्तै, पूर्व पत्नीसँग डिभोर्स गर्दाको कागज बमोजिम घरको किस्ता र छोरीको कलेज फि नतिरेका कारण घर खाली गर्न रविलाई सूचना जारी भएकाे छ। जुन १० तारिखमा अमेरिकाको मेरिल्याण्डको कानून अनुसार सूचना जारी भएको थियो ।
ईशासँगको २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका लामिछानेले पत्नी इसासँग डिभोर्स गर्दा अमेरिकामा उनी बस्ने घर, उनीहरुको खर्चपानी, सन्तानको जिम्मा लिने कागजमा सही गरेका थिए ।
जसमा लामिछानेले घरको किस्ता नतिरेका कारण तत्काल तिर्न भनिएको थियो । एक भन्दा बढी किस्ता नतिरेका कारण लामिछानेको घर लिलामीको खतरामा रहेको सूचनामा जनाइएको थियो । सम्झौता अनुसार एक भन्दा बढी किस्ता नतिरेका कराण तत्काल तिर्न सूचना जारी गरिएको थियो ।
‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत चर्चामा रहेका लामिछाने यसअघि पनि विभिन्न विवादमा फस्दै आएका छन् । पत्नीसँगको डिभोर्सदेखि पत्रकारको पास लिन्न भन्ने विषय सम्मले लामिछाने विवादमा तानिएका थिए । लामो समय अमेरिकामा बसोबास गरेर उतै घरजम गरेका लामिछाने नेपाल फर्किएर पुन पत्रकारितामा सक्रिय बनेका थिए । तर उनले प्रेस काउन्सिलको नेतृत्व नालायकी भएको भन्दै पास नलिने बताए ।
उनी अवैधानिक रुपमा नेपालमा बसेर काम गरिरहेको भन्दै विरोध तिब्र भएसँगै लामिछानेले अमेरिकाको नागरिकता त्यागेर पुन नेपालको नागरिकता लिएका थिए ।
त्यसपछि उनी पत्नीसँगको डिभोर्स प्रकरणका कारण चर्चामा रहे । पत्नी इशासँग डिभोर्स गरि रविले निकिता पौडेलसँग विवाह गरेका छन् ।



लाेकपाटी न्यूज
