मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ। घरमा अतिथीको सेवा होला। शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मान प्रतिष्ठामा बृद्धि होला। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइएला। दाम्पत्य जीवन सुखमय रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ। मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रामा मालसामान हराउन सक्छ। लेनदेनमा सजकता अपनाउनु पर्नेछ। मनमा दुविधा उत्पन्न हुनेछ। सरकारी निकाएको भय रहला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। पठनपाठनमा प्रगती हुनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। परिवारमा सुख सन्तोष छाउनेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। नयाँ काम वा रोजगार पाईनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पूरा होला। मिष्ठान्न भोजन प्राप्ति होला। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्ता वढ्नेछ। अनावश्यक धन खर्च होला। यात्रामा सावधानी अपनाउनु पर्नेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विश्वास गरेकाले साथ दिनेछन्। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। व्यापार व्यसायबाट लाभ मिल्नेछ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। नयाँ कार्यको थालनी होला। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। भूमिबाट लाभ रहला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गरेका काममा ढिलासुस्ती हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।



लाेकपाटी न्यूज
