विप्लव नेकपाका जिल्ला इन्चार्जसहित ६ पक्राउ

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडाैं, २९ साउन। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना पक्राउ परेका छन्। प्रहरीले जिल्ला इन्चार्ज देवीलाल पुनसहित ६ जनालाई मंगलबार पक्राउ गरेको हाे ।

उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत रहेका छन् ।