बैतडी, २९ साउन। मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ९ लाई मंगलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ।वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडा सचिव कृष्णबहादुर बोहराले जानकारी दिए।
मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिएको हो। मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेमा पहिलो पटकका लागि १५ हजार, कसैले ओसारपसार गरेमा पहिलो पटकका लागि १० हजार र मदिरा सेवन गरी होहल्ला गरेमा पहिलो पटकका लागि घटनाको प्रकृति हेरेर १ हजार ५ सयदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ।
दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर-तेब्बर हुने वडा सचिव बोहराले जानकारी दिए। तीन पटकभन्दा बढी कसैले मदिराको कारोवार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णयसमेत भएको छ।



लाेकपाटी न्यूज

