सरकार आफैँले निजगढ विमानस्थल बनाउँछ : पर्यटनमन्त्री भट्टराई

Yogesh-Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २८ साउन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैँले निर्माण गर्ने बताएका छन्। मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार अब पछाडि फर्कने मुडमा नरहेको बताएका हुन्।

‘यो विमानस्थल निर्माणमा जति रकम लगानी लाग्छ, त्यो सबै एकै वर्षमा लाग्ने होइन’, उनले भने, ‘वार्षिक २०र२२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा होइन।’ मन्त्रालयले मङ्गलबार नै निजगढ विमानस्थलको लगानीका विषयमा लगानी बोर्डसँग पनि छलफल गर्दैछ।

आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सकेरै शिलान्यास गरिने उल्लेख गरे। राजनीतिक प्रतिवद्द्ता र सरकारले आयोजनालाई महत्त्व दिएको देखाउनसमेत शिलान्यास आवश्यक रहेको उनको भनाइ छ। ‘सरकारले अब चाहिँ आयोजना बनाउँछ है भन्ने प्रतिवद्दता देखाउनसमेत शिलान्यास हुन्छ’,उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्