काठमाडौं। नङको काम हातखुट्टाका औलाको सौन्दर्य बढाउने मात्र होइन। यसले शरीरभित्र लुकेर रहेका बिभिन्न रोगबारे संकेत पनि दिने गर्छ। नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यबारे जानकारी दिन्छ भन्ने। यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिएमा त्यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ।
लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या सम्बन्धि समस्याको संकेत नङले पनि दिने गर्छ। त्यसैले, बिरामी जाँचको क्रममा उसको हात, खुट्टाका औलाका नङको परिक्षण गरिन्छ। होमियोप्याथिक चिकित्सा पद्दतिमा बिरामिको नङको रङ परिवर्तन हुनुलाई विषेश महत्व दिइन्छ।
थाइराइडको समस्या – स्वस्थ नङ सिधा र दाग धब्वारहित हुन्छ। तर, नङ छोटो समयमै भाँचिने, चर्किने सुख्खा हुने भएमा त्यो थाइराइड हर्मोन असन्तुलनको लक्षण हुन सक्छ। थाइराइडको कारण नङ झर्नेजस्ता समस्या पनि हुन्छ। थाइरायड हार्मोनस असन्तुलनको संकेत गर्दछ। नङ चिरिएको वा रङ परिवर्तन भएर पहेलो भएको छ भने त्यो फंगल इन्फेक्सनको कारण पनि हुन सक्छ।
छालाको क्यान्सर – नङको भित्रपट्टी कुनै गहिरो रगंको धर्सा देखिएमा सचेत हुनुपर्छ। यस्तो भएमा जतिसक्दो चाडो स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ। किनभने यस्तो कालो धर्सा छालाको क्यान्सरको संकेत पनि हुन्छ। त्यस्तै, नङको रङ परिवर्तन भएर पहेलो भएमा त्यो अन्य क्यानर जस्तो घातक रोगको पनि लक्षण हुन सक्छ। नङको रङ निलो हुँदै गएको छ भने त्यो मुुटु रोगको लक्षण हो।
फोक्सोको समस्या – कतिपयको नङको आकार परवर्तन भएर घडिको शिशाजस्तो हुने गर्छ। यसले क्षयरोग, फोक्सोको ट्युमरजस्ता समस्यातर्फ पनि इंगित गर्छ। त्यस्तै, नङ चम्चा आकारको भएमा त्यसले छाला सम्बन्धि रोग तथा मानसिक समस्यातर्फ संकेत गर्छ।
वंशाणुगत समस्या – यदि नङमा डाँडाको टुप्पाजस्तो खस्रो धर्सा देखिएको छ भने त्यो प्राकृतिक या वशांनुगत रोगको संकेत हुन सक्छ। त्यति मात्र नभएर यस्तो रङले अर्थराइटिस, कोलाइटिस, जस्ता रोग हुनसक्ने पनि सम्भावना देखाउँछ। नङको रङ निलो हुँदै गइरहेको छ भने अक्सिजनको कमी, श्वासप्रश्वासको समस्या वा मुटु रोगको कारण पनि हुन सक्छ।
मधुमेह – बेलाबखत नङको रङ आधा गुलाबि र आधासेतो देखिन सक्छ। यस्तो रङले मधुमेहको संकेत गर्छ। नङ निकै सेतो देखिएको छ भने एनिमिया पनि भएको हुन सक्छ।



लाेकपाटी न्यूज

