युएई, २७ साउन। नेपाल आदिवासी जनजाती महासंघ युएईले नयाँ कार्यसमिति चयन गरेकाे छ। महासंघले महेश मोक्तानको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे।
नेपाल आदिवासी जनजाति महासंघ युएईको गत जुलाई १९ तारीख २०१९ महाधिवेशन निर्वाचन संयोजक डेरराज गुरुङको निर्वाचन समितिले युएईस्थित कञ्चनजङ्गा रेष्टुरेन्टमा सम्पन्न गरिएको ७ औं महाअधिवेशनबाट साे कार्यसमिति चयन गरेकाेमा अगस्ट ९ तारिखमा २५ औं विश्व आदिवासी जनजाती दिवसका अवसरमा एक भब्य कार्यक्रमका बिच कार्यसमितिको घोषणा गरिएको थियो ।

महासंघको नयाँँ कार्यसमितिकाे अध्यक्षमा महेश मोक्तान, महासचिवमा कुमार बलामी निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा बिजयलक्ष्मी राई, उपाध्यक्ष्यमा यम घर्ती मगर, डि. बि. समर्पण मगर, सचिवमा भिम दोङ तामाङ, प्रवक्तामा फलेन्द्र बलाम्पाकी मगर, कोषाध्यक्षमा वाशुदेव चौधरी, सह–कोषाध्यक्षमा ज्ञान बहादुर तामाङ, महिला प्रमूखमा आङग माया शेर्पा रहेका छन्।

त्यस्तै, सदस्यहरुमा मनु गाहा मगर, सुनिल मान श्रेष्ठ, रबिन सुनुवार, पुर्ण बहादुर सुनुवार, धर्मराज महत्तो, खोर बहादुर महत्तो, खडक बहादुर भुजेल, उर्मिला भुजेल, डम्बर लिबाङ, दुर्योधन राई, प्रवीण गुरुङ, सांगी डोल्म गुरुङ र कमल लावती निर्वाचित भएका छन ।
निर्वाचित भएका सम्पुर्ण पदाधिकारीहरुलाई प्रमूख अतिथि एवम् युएईका लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकालले प्रमाणपत्र सहित बधाई तथा शुभकामना दिएका थिए।

आदिवासी जनजाति महासंघ युएईका निवर्तमान अध्यक्ष पासाङ रिन्जी शेर्पाको सभापतित्वमा भएकाे साे कार्यक्रममा विशेष अथितिहरुमा नेपाली राजदुतावास युएईका श्रम सहचारी भेष बहादुर कार्की, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, आदिवासी जनजाति युवा महासंघका पूर्व उपाध्यक्ष मिना श्रेष्ठ, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कंडेल, नेपाली जनप्रगतिशील मञ्च युएईका अध्यक्ष बाबुराम बिक, नेफेसो युएईका अध्यक्ष बाबुराम लोप्चान, विश्व सहयोग संगठनका अध्यक्ष गोविन्द ढकाल, जनसम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शशी सिलवाल, नेफिन युएईका संरक्षक समिति सदस्य महेश मोक्तान, नेफिन युएईका संरक्षक समिति सदस्य प्रमोद श्रेष्ठ, नेफिन युएईका संस्थापक सदस्य तथा तमु समाज युएईका संरक्षक राजु गुरुङ, नेफिन युएईका संस्थापक कोषाध्यक्ष तथा किराया युएईका संरक्षक एवं संस्थापक अध्यक्ष कटक राई र नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल लगायतका अन्य अतिथिहरुकाे भव्य उतस्थिति रहेको थियो।

नेपाली राष्ट्रिय गीतको गुञ्जायमानसँगै अतिथिहरुद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो भने कार्यक्रममा महासंघ आबद्ध जातीय संघसंस्थाहरुले आ–आफ्नो जातीय भेषभुषा, झाँकी, नृत्य, सांस्कृतिक नृत्य सहित आ–आफ्नो समुदायको पहिचान झल्काउने गरी विभिन्न कला र आफ्नो जातीय सामाग्रीहरुको स्टल प्रदर्शन गरेका थिए।
‘अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताको लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने मूल नारासहित नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध ११ जातीय संघसस्थाहरुकाे संयुक्त आयोजनामा साे कार्यक्रम सम्पन्न गरिएको थियो ।कार्यक्रम भव्य र सभ्य ढङ्गले सम्पन्न भएको महासंघले जनाएको छ ।




लाेकपाटी न्यूज
