काठमाडौं, २७ साउन। एघार वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक जना कर्मचारी पक्राउ परेका छन्। पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका १७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन्।
उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन्।
पुजारी अहिले महानगरीय प्रहरी बृत्त जनसेवाको हिरासतमा छन्। प्रहरीले जबरजस्ती करण मुद्दामा म्याद थप गरेर पुजारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। ‘पीडित बालिकाको पनि स्वास्थ्य परीक्षण भइसकेको छ, अहिले उपचार र काउन्सिलिङ (परामर्श) भइरहेको छ,’ डिएसपी बोगटीले खबरहबसँग भने।
प्रहरीका अनुसार पुजारीले एघार वर्षीया बालिकामाथि पटक पटक जबरजस्ती करणी गरेको देखिएको छ। बालिकाका आमाबुवासँग राम्रो चिनजान भएका पुजारीले घरमा एक्लै भएको अवस्थामा बालिकामाथि जबरजस्ती करणी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।



लाेकपाटी न्यूज

