मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राज्यबाट मान सम्मान पाइनेछ। कुटुम्बको सहयोग मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सानातिना समस्यामा अल्झिनुपर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले साथ दिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। माइलो यात्राको योग रहेको छ। धर्म,कर्ममा मन लाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ। साहित्य तथा संगीतमा रुचि बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) निर्णायक क्षमतामा कमी आउनेछ। प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले विभिन्न अवसर जुराउनेछ। शिक्षामा सफलता पाईनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धन लाभ हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रा गर्दा सचेत हुनुपर्नेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। नजिकका व्यक्तिबाट धोका पाइएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। भूमि लाभ रहला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। जोश जाँगर र उमंग बढ्ला। मनोबल उच्च रहनेछ।



लाेकपाटी न्यूज
